ad ad

खेल


लिभरपुललाई रोक्यो टोटनह्यामले, सिटीलाई सहज

लिभरपुललाई रोक्यो टोटनह्यामले, सिटीलाई सहज

नेपालखबर
बैशाख २५, २०७९ आइतबार ११:४६, काठमाडौँ

इङ्लिस प्रिमियर लिगको उपाधि होडमा कडा टक्कर गरिरहेको लिभरपुल रोकिएको छ। घरेलु मैदानमा गएराति टोटनह्यामसँग अंक बाँडेको हो। 

बराबरीसँगै लिगमा २ अंकको अग्रता लिने अवसर गुमाएको छ। लिभरपुलको बराबरीले म्यानचेस्टर सिटीलाई फाइदा पुगेको छ। 

टोटनह्यामलाई खेलको ५६औँ मिनेटमा सन ह्यङ मिनले अग्रता दिलाए पनि ७४औँ मिनेटमा लुइस डियाजको गोलमा लिभरपुल खेलमा फर्किएको थियो। त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा अंक बाँडेका हुन्। 

सिटीलाई कडा टक्कर दिइरहेको लिभरपुल रोकिएसँगै सिटीले ३ अंकको अग्रता बनाउने अवसर पाएको छ। ३५ खेल खेलेको लिभरपुल ८३ अंकसहित शीर्ष स्थानमा छ। एक खेल कम खेलेको सिटीको पनि ८३ अंक नै छ। गोल अन्तरका आधारमा लिभुरपुल शीर्ष स्थानमा पुगेको हो। 

जारी सिजन यी दुई टोली मात्रै अन्तिम खेलसम्म पनि उपाधि होडमा देखिएका छन्। सिटी गत सिजनको पनि विजेता हो। आइतबार राति घरेलु मैदानमा सिटीले न्युक्यासलको सामना गर्दै छ। 

त्यसपछि सिटीले वुल्भ्स, वेस्टह्याम, वेस्टन भिल्लासँग खेल्नेछ। आफ्ना सबै खेल जिते सिटीले उपाधि रक्षा गर्नेछ। तरलिभरपुललाई भने अब सिटीले कम्तीमा एक खेल हार्नैपर्नेछ। 

लिभरपुलले वेस्टन भिल्ला, साउथह्याम्टन र वुल्भ्ससँग खेल्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .