ad ad

खेल


आईपीएलः चेन्नई र लखनउको जित

आईपीएलः चेन्नई र लखनउको जित

नेपालखबर
बैशाख १९, २०७९ सोमबार ७:८, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आइतबार भएका खेलमा चेन्नई सुपर किंग्स र  लखनउ सुपर जायन्टसले आ–आफ्नो खेलमा जित हात पारेका छन्।

चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदा लखनउले दिल्ली क्यापिटल्समाथि ६ रनको जित हात पारेको हो।

आइतबारको पहिलो खेलमा पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९५ रन बनाएको थियो। लखनउका लागि कप्तान के एल राहुलले ७७ रन बनाए भने दीपक हुड्डाले ५२ रनको पाली खेलेका थिए। 

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १८९ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि रिषभ पन्तले ४४ तथा अक्षर पटेलले ४२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भने हुन सकेन। लखनउका लागि मोहसिन खानले ४ विकेट लिएका थिए। 

त्यस्तै अर्को खेलमा पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०२ रन बनाउँदै २०३ रनको विशाल लक्ष्य दिएको थियो। चेन्नईका लागि रुटुराज गाइक्वाडले ९९ रनको पाली खेलेका थिए भने डेभन कोन्वेले ८५ रन बनाए। 

जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो। हैदरावादका निकोलास पूरनले अविजित ६४ रन तथा केन विलियम्सनले ४७ रनको पाली खेले पनि त्यो जितका लागि पर्याप्त भएन। 

यससँगै लिगमा १० खेलबाट १४ अंक जोडेको लखनउ दोस्रो स्थानमा उक्लिएको छ भने ९ खेलबाट ६ अंक जोडेको चेन्नई भने नवौं स्थानमा यथावत छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .