ad ad

खेल


प्रिमियर लिगः एभर्टनसँग हार्‍यो चेल्सी

प्रिमियर लिगः एभर्टनसँग हार्‍यो चेल्सी

नेपालखबर
बैशाख १९, २०७९ सोमबार ६:३३, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी एभर्टनसँग १–० गोल अन्तरले पराजित भएको छ।

आइतबारको खेलमा रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको एभर्टनले महत्वपूर्ण जित हात पारेको हो।

एभर्टनलाई जित दिलाउन खेलको ४६ औं मिनेटमा रचार्लिसनले निर्णायक गोल गरेका थिए। 

यससँगै एभर्टनले ३३ खेलबाट ३२ अंक जोडेको छ भने लिगको तेस्रो स्थानमा रहेको चेल्सीले भने ३४ खेलबाट ६६ अंक जोडेको छ।

म्यानचेस्टर सिटी ३४ खेलबाट ८३ अंकका साथ शीर्षस्थानमा छ भने दोस्रो स्थानमा रहेको लिभरपुलले समान खेलबाट ८२ अंक हात पारेको छ।

आइतबारै भएको अर्को खेलमा आर्सनलले वेस्ट ह्याममाथि २–१ गोल अन्तरको जित हात पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .