ad ad

खेल


टी२० क्रिकेट प्रतियोगितामा भाग लिन यूएई जाँदै रुविना र सीता

टी२० क्रिकेट प्रतियोगितामा भाग लिन यूएई जाँदै रुविना र सीता

नेपालखबर
बैशाख १७, २०७९ शनिबार ११:३६, काठमाडौँ

राष्टिय क्रिकेट टोलीका कप्तान रुविना क्षत्री र उपकप्तान सीता रानामगर यूएईमा हुने फेयर ब्रेक इन्भिटेसनल टी२० क्रिकेट प्रतियोगितामा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्दै छन्।

यूएई जान लागेका रुविना र सीतालाई नेपाल क्रिकेट संघ (क्यान) ले आज  त्रिवि क्रिकेट मैदानमा एक कार्यक्रम गर्दै बिदाइ गरेको हो।

रुविना र सीता दिउँसो पौने ४ बजे त्यसतर्फ प्रस्थान गर्नेछन्। 

कप्तान रुविनाले द बर्मी आर्मी र उपकप्तान सीताले द टोर्नडोसबाट खेल्नेछन्। प्रतियोगितामा सहभागी ६ टोलीमा विश्वका स्टार खेलाडीले सहभागिता जनाउनेछन्।

प्रतियोगिता ४ मे देखि १५ सम्म दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .