ad ad

खेल


आईपीएलः कोलकाताको लगातार पाँचौं हार

आईपीएलः कोलकाताको लगातार पाँचौं हार

नेपालखबर
बैशाख १६, २०७९ शुक्रबार ७:४६, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बिहीबार भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्समाथि ४ विकेटको जित हात पारेको छ।

बिहीबारको खेलमा पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो।

कोलकाताका लागि नितिश रानाले ५७ तथा श्रेयस ऐय्यरले ४२ रन बनाएका थिए। 

दिल्लीका कुलदीप यादवले ४ तथा मुस्ताफिजुर रहमानले ३ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १९ ओभर खेल्दै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। दिल्लीका लागि डेभिड वार्नरले ४२ रन बनाए भने रोभमन पावेलले अविजित ३३ रनको पाली खेले। 

कोलकाताको लागि यो लगातार पाँचौं हार हो। कोलकाताले ९ खेलबाट ६ अंक जोडेको छ।

दिल्लीले ८ खेलबाट ८ अंक हात पारेका छ।

यसपटकको नयाँ टोली गुजरात टाइटन्स लिगको शीर्षस्थानमा छ भने लिगको पुछारमा रहेको मुम्बईले खेलेको सबै ८ खेलमा हारको सामना गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .