खेल


अलमुताइरीले प्रशिक्षणमा डाके १४ नयाँ खेलाडी, क्याम्प छाडेकाले पत्रकार सम्मेलन गर्दै

अलमुताइरीले प्रशिक्षणमा डाके १४ नयाँ खेलाडी, क्याम्प छाडेकाले पत्रकार सम्मेलन गर्दै

फाइल तस्बिर


नेपालखबर
बैशाख १५, २०७९ बिहिबार १६:१२, काठमाडौँ

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १४ नयाँ खेलाडीलाई प्रशिक्षणमा डाकेका छन्। 

प्रशिक्षकको व्यवहारप्रति असन्तष्टि जनाउँदै ९ खेलाडीले क्याम्प छाडेपछि अलमुताइरीले १४ खेलाडीलाई प्रशिक्षणमा डाकेको बताइएको छ। 

टोलीको तयारीबारे प्रश्न गर्दा असन्तुष्ट अलमुताइरीले मिडफिल्डर रोहित चन्दलाई क्याम्प छाड्न भनेका थिए। रोहितले क्याम्प छाडेपछि अन्य खेलाडीले प्रशिक्षक अलमुताइरीसँग छलफल गरेका थिए। 

तर प्रशिक्षकले अन्य खेलाडीलाई पनि क्याम्प छाड्न सक्ने बताएपछि सिनियर खेलाडीले क्याम्प छाडेका हुन्। 

रोहितसँगै सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्ती मगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, सुमन लामालगायत खेलाडीले क्याम्प छाडेका हुन्। 

हाल व्यावसायिक लिगका लागि मालदिभ्समा रहेका कप्तान किरण चेम्जोङले पनि अलमुताइरीको व्यवहारप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए। 

क्याम्प छाडेको विषयमा खेलाडीहरुले बिहीबार नै पत्रकार सम्मेलन गर्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad