ad ad

खेल


प्रशिक्षक अलमुताईरीको व्यवहारप्रति असन्तुष्ट फुटबल खेलाडीले छाडे क्याम्प

प्रशिक्षक अलमुताईरीको व्यवहारप्रति असन्तुष्ट फुटबल खेलाडीले छाडे क्याम्प

नेपालखबर
बैशाख १४, २०७९ बुधबार २१:१, काठमाडौँ

एएफसी एशियन कपको तयारीका लािग प्रशिक्षणमा रहेका राष्टिय फुटबल टोलीका खेलाडीले क्याम्प छाडेका छन्। 

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको व्यवहार प्रति असन्तुष्टि जनाउँदै ९ खेलाडीले क्याप छाडेका हुन्। 

मुख्य प्रशिक्षक अलमुताइरीले टोलीका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छाड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरीसँग छलफल गरेका थिए। तर प्रशिक्षकले अन्य खेलाडीलाई पनि क्याम्प छाड्न सक्ने बताएपछि खेलाडीले क्याम्प छाडेका हुन्। 

रोहितसँगै सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, सुमन लामा लगायत खेलाडीले क्याम्प छाडेका हुन्। 

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले भने यसबारेमा आफुलाई केही थाहा नभएको र महासचिवसँग यसबारेमा बुझ्न फोन गरेपनि सम्पर्क हुन नसकेको बताए।

उनले भने, 'मैले पनि सञ्चारमाध्यमबाट नै थाहा पाएको हुँ, टिम व्यवस्थापक र एन्फा महासचिवसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन अब भोलि कार्यालय पुगेर यसबारेमा जानकारी लिनेछु।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .