ad ad

खेल


अन्तर्राष्ट्रिय खेलकुद परिषरको पौडी पोखरी सर्वसाधारणका लागि खुला

अन्तर्राष्ट्रिय खेलकुद परिषरको पौडी पोखरी सर्वसाधारणका लागि खुला

नेपालखबर
बैशाख १४, २०७९ बुधबार १२:३३, काठमाडौँ

ललितपुरको सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषरमा रहेको पौडी पोखरी सर्वसाधारणका लागि खुल्ने भएको छ। 

पौडी पोखरीको मर्मतसम्भार, कोभिड–१९ लगायतको कारण ४ वर्षदेखि बन्द पौडी पोखरी पहिलो पटक सर्वसाधारणका लागि बुधबारदेखि खुल्न लागेको हो। 

पौडी पोखरीको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले औपचारिक शुभारम्भ गरे। सदस्यसचिव घिसिङले पौडी पोखरीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न सुरक्षा, प्रशिक्षणलगायतका कुरामा ध्यान दिन आग्रह गरेका छन्। 

पौडी पोखरी तीन सिफ्टमा सञ्चालन गरिने परिषर प्रमुख देवराज कटुवालले बताए। पौडी पोखरी बिहान १०–१२, दिउँसो १–३ र अपरान्ह ४–७ बजेसम्म गरी तीन सिफ्टमा सर्वसाधारणका लागि खुल्नेछ। 

पौडी पोखरीमा जानका लागि साधारण टिकटतर्फ २ सय तथा कम्तीमा १० जनाको समूहका लागि टिकट दर १५० रुपैयाँ तोकिएको छ। 

पौडी पोखरीमा लकर, सावर, प्रशिक्षण, लाइफ गार्डलगायतका सुविधा उपलब्ध छन्। पौडी पोखरीमा सदस्य हुनका लागि मासिक, त्रैमासिक र फुल सिजन सदस्य हुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .