ad ad

खेल


मञ्जुश्री ट्रेल रेस-२ : ३८ विदेशीसहित १६८ धावकबीच प्रतिस्पर्धा, मिडिया पार्टनरमा नेपालखबर

मञ्जुश्री ट्रेल रेस-२ : ३८ विदेशीसहित १६८ धावकबीच प्रतिस्पर्धा, मिडिया पार्टनरमा नेपालखबर

नेपालखबर
बैशाख ११, २०७९ आइतबार १८:१९, काठमाडौँ

आगामी शुक्रबार हुने मञ्जुश्री ट्रेल रेसको दोस्रो संस्करणमा १ सय ६८ धावकले प्रतिस्पर्धा गर्दै छन्। 

ट्रेलमाण्डुले वर्षेनी गर्दै आएको १ सय माइलको मञ्जुश्री ट्रेल रेसमा १३० नेपाली र ३८ विदेशीले स्पर्धा गर्ने आशिष मिश्रले जानकारी दिए। 

मञ्जुश्री ट्रेल रेसमा १ सय ३० जना नेपाली र ३८ जना विदेशी गरी १ सय ६८ जना धावक सहभागी हुँदै छन्। यो रेसमा १ सय ३१ जना पुरुष र ४१ जना महिला धावक सहभागी हुने मिश्रले बताए। 

मञ्जुश्री ट्रेल रेसमा नेपालसहित नेदरल्याण्ड, युके, डेनमार्क, क्यानडा, इण्डिया, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी र हङकङका धावक सहभागी हुँदै छन्। १ सय माइलमा २७ जना पुरुष र ९ जना महिला गरी ३६ जनाले भाग लिनेछन्। जसमा २५ जना नेपाली र ११ जना विदेशी धावक सहभागी हुनेछन्। 

काठमाडौंको कालुपाण्डे मार्गबाट १ सय माइलको मञ्जुश्री ट्रेलको रुट सुरु हुन्छ। त्यहाँबाट धावकहरु रामकोट, इचङगु, सिगंल ट्रि, जमाचो, मुड्कु, गुर्जे हुँदै शिवपुरी नागार्जुन नेशनल पार्क, झुले, नगरकोट, नाला, साँगा, रानीकोट, लाकुरी, चापाखर्क, फुल्चोकी, नल्लु, लिलि, टिकाभैरव, बागमति, फर्पिङ, चम्पादेवी, चन्द्रागिरि, नागढुङगा हुँदै पुनः रामकोटमा पुगेर सकिनेछ।

दौड सुरु गरेपछि १० किलोमिटरको फरकमा चेक प्वाइन्ट बनाइएको हुन्छ। चेक प्वाइन्टमा प्राथमिक उपचार, पानी र खानाको व्यवस्था गरिएको हुन्छ। 

५० माइलमा १८ जना पुरुष र २ जना महिला सहभागी हुँदै छन्। ५० माइलमा नेपाली १८ जना र विदेशी २ जनाले नाम दर्ता गराएका छन्। 

५४ किलोमिटरमा ४८ जान पुरुष र १९ जना महिला गरि ६७ जना दौडनेछन्। ५४ किमीमा ५० जना नेपाली र १७ जना विदेशी सहभागी हुनेछन्। 

२४ किमि रेसमा २२ जना पुरुष र १० जना महिला गरी ३२ जनाले भाग लिएका छन्। २४ किमिमा २५ जना नेपाली र ७ जना विदेशी धावकले नाम दर्ता गराएका छन्। 

एमटीआर एलिमिनेटर मा १२ जना पुरुष र १ महिला दौडनेछन्। यसमा १२ जना नेपाली र १ जना विदेशी धावक सहभागी हुनेछन्। 

मञ्जुश्री ट्रेल रेसमा नेपालखबर डट कम मिडिया पार्टनरको रुपमा रहेको रहेको छ। दौडको नेपालखबरले प्रत्यक्ष प्रसारण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .