ad ad

खेल


बायर्नले लगातार दशौँ पटक उचाल्यो बुन्डेस लिगाको उपाधि

बायर्नले लगातार दशौँ पटक उचाल्यो बुन्डेस लिगाको उपाधि

नेपालखबर
बैशाख ११, २०७९ आइतबार १२:४१, काठमाडौँ

बार्यन म्युनिखले लगातार १०औँ पटक बुन्डेस लिगा च्याम्पियन बनेको छ। 

शनिबार राति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–२ ले पराजित गर्दै बायर्न ३ खेलअगावै च्याम्पियन बनेको हो। 

जितसँगै च्याम्पियन बायर्नले ३१ खेलबाट ७५ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको डर्टमन्डको ६३ अंक छ। दोस्रो स्थानको डर्टमन्डसँग १२ अंकको अन्तर भएपछि बायर्न ३ खेलअगावै च्याम्पियन बनेको हो। 

बायर्नको जितमा खेलको १५औँ मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३४औँ मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर पारे। 

खेलको ५२औँ मिनेटमा डर्टमन्डका इम्री क्यानले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। ८३औँ मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नको जित पक्का गरे। 

बायर्नका फरवार्ड थोमस मुलर ११औँ पटक बुन्डेस लिगा उपाधि उचाल्ने पहिलो खेलाडी बनेका छन्। 

उनले भने, ‘यो रेकर्ड बनाउने अवसर पनि हो। यो सबै कुरा मेरो लागि अद्भुत कुरा हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .