ad ad

खेल


पीएसजीलाई १०औँ पटक लिग वान उपाधि

पीएसजीलाई १०औँ पटक लिग वान उपाधि

नेपालखबर
बैशाख ११, २०७९ आइतबार ११:१६, काठमाडौँ

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिगका ४ खेल बाँकी छँदै १०औँ पटक फ्रेन्च लिग वानको उपाधि उचालेको छ। 

शनिबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित लेन्ससँग १–१ गोलको बराबरी गर्दै किर्तिमानी उपाधि जितेको हो। 

लेन्स खेलको ५७ औँ मिनेटमा १० खेलाडीमा समेटीएको थियो। पीएसजीले लिगका बाँकी ४ खेल गुमाएपनि उपाधि उसकै हुनेछ। पीएसजीले ३४ खेलबाट ७८ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको मार्सेले ३३ खेलबाट ६२ अंक बनाएको छ। 

खेलको ६८औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ८८औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। 

उता पीएसजीले कीर्तिमानी उपाधि जिते पनि समर्थक भने खेल सकिनुअघि नै मैदान छाडेका थिए। 

च्याम्पियन लिगमा रियल मड्रिडसँगको हारलाई लिएर पीएसजीका समर्थक रुष्ट छन्। खेल सकिएको १० मिनेटमा नै समर्थकहरुले मैदान छाडिसकेका थिए। त्यसैले खेलाडीहरुले तालि समेत बजाएका थिएनन्। 

पीएसजीले उपाधिसँगै प्रशिक्षक माउरिसियो पोचेटिनोले करिअरको पहिलो लिग उपाधि उचालेका थिए। उनले भने, ‘हामी र समर्थकको सम्बन्ध अहिले निकै खराब अवस्थामा छ। समयसँगै यसमा सुधार आउनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .