ad ad

खेल


आईपीएलः दिल्लीमाथि राजस्थानको जित, जारी सिजनमा बटलरको तेस्रो शतक

आईपीएलः दिल्लीमाथि राजस्थानको जित, जारी सिजनमा बटलरको तेस्रो शतक

नेपालखबर
बैशाख १०, २०७९ शनिबार ६:३९, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबार भएको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ।

शुक्रबारको खेलमा पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२२ रन बनाएको थियो।

राजस्थानका लागि जोस बटलरले ११६ रन बनाए । उनको लागि जारी सिजनमा तेस्रो शतक हो । 

त्यस्तै देवदत्त पाडिकलले ५४ रन बनाए। भने सञ्जु सामसनले अविजित ४६ रनको पाली खेले । 

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २०७ रन मात्र बनायो ।

दिल्लीका लागि रिषभ पन्तले सर्वाधिक ४४ रन बनाए ।

त्यस्तै पृथ्वी शाह र ललित यादवले समान ३७ रन बनाए भने रोभमन पावेलले ३६ रनको पाली खेले पनि हारबाट भने बचाउन भने सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .