ad ad

खेल


विवाइसी महिला गोल्डकपको सेमिफाइनलमा पुलिस र वनदेवी भिड्दै

विवाइसी महिला गोल्डकपको सेमिफाइनलमा पुलिस र वनदेवी भिड्दै

वनदेवी युवा क्लबका खेलाडीहरु


नेपालखबर
बैशाख ८, २०७९ बिहिबार १२:२५, काठमाडौँ

धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार नेपाल पुलिस क्लब र आयोजक वनदेवी युवा क्लब भिड्दै छन्। 

खेल, धनगढी रंगशालामा साँझ साढे ६ बजेपछि सुरु हुनेछ। आजको खेलको विजेताले उपाधिका लागि शनिबार नेपाल एपीएफ फुटबल क्लबसँग खेल्नेछन्। 

आयोजक वनदेवीले कालिका स्पोर्टस् एकेडेमीलाई २–० ले पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएको थियो। 

नेपाल पुलिस क्लबले भने चन्द्रपुर नगरपालिका, रौतहटलाई १–० ले हराउँदै  अन्तिम ४ मा स्थान बनाएको थियो।  

शनिबारसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले ५ लाख तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा विधागततर्फका विजेताले जनही १० हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .