इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार भएको खेलमा पञ्जाब किंग्समाथि दिल्ली क्यापिटल्सले ९ विकेटको सहज जित हात पारेको छ।
बुधबारको खेलमा पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो।
११६ रनको सहज लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १० ओभर ३ बल खेल्दै १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
दिल्लीलाई जित दिलाउने क्रममा डेभिड वार्नरले अविजित ६० रन तथा पृथ्वी शाहले ४१ रनको पाली खेले।
बिहीबार आईपीएलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।
42
Shares
प्रतिक्रिया