फ्रेन्च लिग वानअन्तर्गत बुधबार भएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले एन्जर्समाथि ३–० गोल अन्तरको महत्वपूर्ण जित हात पारेको छ।
यससँगै पीएसजी लिगका उपाधि नजिक पुगेको छ। बुधबारै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको मार्सिलेले पनि जित हात पारेसँगै उसले गणितीय सम्भावना जीवित राखेको छ।
नेयरमार र लियोनेल मेस्सी विना नै मैदानमा उत्रिएको पीएसजीको लागि खेलको २८ औं मिनेटमा कायलिन एमबाप्पेले गोल गरे।
त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए। त्यस्तै तेस्रो गोल मार्किन्होसले गरे।
लिगको ५ खेल बाँकी रहँदा पीएसजीले दोस्रो स्थानको मार्सिलेमाथि १५ अंकको स्पष्ट अग्रता हात पारेको छ ।
48
Shares
प्रतिक्रिया