ad ad

खेल


मेस्सीले लिग विजेता टुङ्गो लाग्नसक्ने पीएसजीको खेल गुमाउने

मेस्सीले लिग विजेता टुङ्गो लाग्नसक्ने  पीएसजीको खेल गुमाउने

नेपालखबर
बैशाख ७, २०७९ बुधबार १३:५७, काठमाडौँ

अर्जेन्टिना तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का  फरवार्ड लियोनल मेस्सीले चोटका कारण बुधबार राति हुने एन्जर्ससँगको खेल गुमाउने भएका छन्। 

चोटका कारण मेस्सीले एक खेल गुमाउने पीएसजीले जनाएको हो।

लिग वानको उपाधिको लागि महत्वपूर्ण मानिएको खेलमा पिएसजीले आज एन्जर्ससँग खेल्दै छ। 

आजको खेलमा पीएसजीले एन्जर्सलाई हराए र मार्सेली नोन्टेससँग घरेलु मैदानमा पराजित भए पीएसजीले लिग वानको उपाधि जित्नेछ। 

मार्सेले जित निकालेको खण्डमा भने गणितीयरुपमा लेन्सविरुद्ध घरेलु मैदानमा हुने खेलको नतिजा पर्खनुपर्नेछ। 

पीएसजीको विज्ञप्तिमा भनिएको छ, ‘मेस्सीले आफ्नो बायाँ खुट्टाको अचिलिस टेन्डनको उपचार गराइरहेका छन्। ४८ घण्टापछि उनको अवस्था हेरिनेछ। उनी कम्तीमा पनि एक खेलको लागि मैदान बाहिर नै हुनेछन्।’

मार्सेमाथि २–१ को जित निकालेको खेलपछि मेस्सीले दुखाई महसुस गरेका थिए।

पीएसजीका प्रशिक्षक मोउरिसियो पोचेटिनोले व्यक्तिगत रुपमा पीएसजीको लागि १०औँ फ्रेन्च लिग वानको उपाधि जित्न पाउनु ठूलो खुशी हुने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .