ad ad

खेल


वीर गणेशमान सिंह रोड रेस वैशाख तेस्रो साता

वीर गणेशमान सिंह रोड रेस वैशाख तेस्रो साता

नेपालखबर
बैशाख ७, २०७९ बुधबार १२:५०, काठमाडौँ

वीर गणेशमान सिंह तेस्रो १० किमी रोड रेस प्रतियोगिता वैशाख तेस्रो साता हुने भएको छ। 

नेपालको प्रजातान्त्रिक आन्दोलनका युग पूरुष गणेशमान सिंहको स्मृतिमा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले आगामी १७  गते रोड रेस गर्न लागेको हो। प्रतियोगितामा महिला पुरुषतर्फका १० र ५ किमीको दौड हुनेछ। 

काठमाडौको दरबारमार्गबाट सुरु हुने १० किमी रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बाल मन्दिर, पुलिस हेडक्वार्टर दक्षिण गेट, गैरीधारा, राजदरबार उत्तरपूर्व मोड, नागपोखरी, जय नेपाल सिनेमा घर हुँदै पुनः शेर्पा मल दरबारमार्गमा पुगेर सकिने सचिव तथा कार्यक्रम संयोजक राजन खत्रीले जानकारी दिए। 

५ किमीको रोडरेस शेर्पा मल दरबारमार्गबाट सुरु भई महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट हुदै पुनः शेर्पा मलमा  पुगेर सकिनेछ। 

१० कि.मि. दौडमा  महिला तथा पुरुषतर्फका विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार  र पाँचौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

५ कि. मि. पुरुष तथा महिला तर्फका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ७ हजार, चौथो हुनेले ५ हजार र पाँचौ हुनेले ३ हजार पाउनेछन्। 

प्रतियोगितामा छैटौंदेखि १०औं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई गिफ्ट ह्याम्पर पाउने आयोजकले जनाएको छ। 

प्रतियोगितामा कीर्तिमान कायम गर्ने खेलाडीले नया‘ रेकर्ड कायम गर्ने पहिलो खेलाडीलाई नगद रु १० हजार रुपैयाँ पाउनेछन्। 

प्रतियोगिता आयोजना गर्न १७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .