इन्टर मिलान आफ्नै सहरको अर्को प्रतिद्वन्द्वी एसी मिलानलाई हराउँदै कोपा इटालियाको फाइनलमा पुगेको छ।
मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानलाई ३–० ले हराउँदै इन्टरले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
मंगलबारको खेलमा इन्टरलाई जित दिलाउने क्रममा लाउरेटो मार्टिनेजले २ गोल गरे भने रोबिन गोसेन्सले १ गोल गरे।
यसअघि सेमिफाइनलको पहिलो लेगमा यी दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।
33
Shares
प्रतिक्रिया