ad ad

खेल


मैत्रिपूर्ण फुटबलमा सेनासँग पत्रकारको टिम पराजित

मैत्रिपूर्ण फुटबलमा सेनासँग पत्रकारको टिम पराजित

नेपालखबर
बैशाख ६, २०७९ मंगलबार १८:५२, काठमाडौँ

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

२०५८ सालमा चैत २० गते जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना भएको थियो। 

२१ औं स्थापना दिवसका अवसरमा भएका विभिन्न कार्यक्रमको मंगलबार समापन गरिएको छ। जंगी अड्डास्थित सभामण्डलमा प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेका छन्। 

स्थापना दिवसको अवसरमा जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा सम्वाददाताबीच मैत्रिपूर्ण फुटबल समेत भएको छ। सैनिक मैदानमा भएको खेलमा सेनाको टोलीले पत्रकारलाई ७–५ गोल अन्तरले पराजित गरेको छ। 

खेलको सुरुवातमा पत्रकारको टिमले ४–१ को अग्रता लिएपनि दोस्रो हाफमा सेनाले थप ६ गोल गर्यो। सेनाका लागि सेनानी विदुरध्वज अधिकार र सेनानी सौगात सिंह राठौरले २-२ गोल गरे। 

महासेनानी सरोजकुमार अधिकारी, सहसेनानी सञ्जय शिलवाल र सिपाही धर्मराज छालाले एक गोल थपे। पत्रकारका लागि अभिनव जोशीले ४ गोल र कप्तान उजिर कार्कीले १ गोल गरे।

जोशीले पहिलो हाफमै ह्याट्रिक पूरा गरे पनि हारबाट जोगाउन सकेनन्। 

स्थापना दिवसमा नेपाली सेना लघु चलचित्र, फोटो प्रतियोगिता, फोटो तथा विविध प्रदर्शनी, सिपाही २०७८ र शिवपुरी जर्नल २०२२ का उत्कृष्ठ लेखलाई पुरस्कृत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .