स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले सेभिल्लामाथि ३–२ गोल अन्तरको महत्वपूर्ण जित हात पारेको छ।
आइतबारको खेलमा पहिलो हाफमा २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै रियलले महत्वपूर्ण जित हात पारेको हो।
रियललाई जित दिलाउने क्रममा खेलको इन्ज्युरी समयमा करिम बेन्जेमाले निर्णायक गोल गरे।
यससँगै रियलले लिगमा दोस्रो स्थानमा रहेको बार्सिलोनामाथि १५ अंकको अग्रता लिएको छ।
रियलले ३२ खेलबाट ७५ अंक जोड्दा बार्सिलोनाले ३० खेलबाट ६० अंक जोडेको छ।
36
Shares
प्रतिक्रिया