ad ad

खेल


नेपाली टोलीले दोहामा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपाली टोलीले दोहामा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

फाइल फाेटाे


नेपालखबर
बैशाख ४, २०७९ आइतबार २१:५४, काठमाडौँ

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले  अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जानकारी गराएको हो। मैत्रीपूर्ण खेल कतारको दोहामा २५ र २९ मे मा एन्फाले जनाएको छ। 

एएफसी एसियन कपको छनोटका लागि नेपालले शुक्रबारदेखि प्रशिक्षण सुरु गरेको छ। एसियन कपको छनोटमा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्नेछ। 

समूह ए मा रहेको नेपालले ८ जुनमा जोर्डन, ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग खेल्नेछ। छनोटका सबै खेल कुवेतमा हुनेछ। छनोटअघि नेपालले कुवेतमा नै प्रशिक्षण गर्ने प्रयास पनि गरिरहेको छ। 

तर नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको एशियन कपमा छनोट हुन स्तर नपुग्ने बताइसकेका छन्। नेपालको ग्रासरुट र युथ फुटबल कमजोर रहेकाले पनि नेपालको स्तर नपुग्ने उनले यसअघि नै बताएका हुन्। यद्यपी खेलाडीहरुले भने सक्दो प्रयास गर्ने बताएका छन्। 

२५ सदस्यीय टोली
किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी,तेज तामाङ र विशाल राई।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .