लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
इङ्ल्यान्डको राजधानी लन्डनस्थित वेम्बली मैदानमा भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो।
निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलका साडियो मानेले दुई र इब्राहिमा कोनाटेले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बेर्लेनान्डो सिल्भाले एक–एक गोल फर्काए।
अब उपाधिका लागि लिभरपुलले चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नुपर्नेछ।
चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल आज राति सवा नौ बजे वेम्बली मैदानमै हुनेछ।
9
Shares
प्रतिक्रिया