ad ad

खेल


डिजिटल गढी प्रिमियर लिगको उपाधि छपकीलाई

डिजिटल गढी प्रिमियर लिगको उपाधि छपकीलाई

नेपालखबर
बैशाख १, २०७९ बिहिबार २१:५६, काठमाडौँ

प्रदेश १ को पहिलो फ्रेन्चाइज क्रिकेट डिजिटल गढी प्रिमियर लिगको उपाधि छपकी सुपर किङ्सले उचालेको छ। 

बिहिबार भएको फाइनल खेलमा मधेली च्यालेन्जरलाई ६५ रनको फराकिलो अन्तरले पराजित गर्दै छपकी च्याम्पियन बनेको हो। छपकीले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको मधेलीले ५० हजार रुपैयाँ पायो। 

छपकीले दिएको १७६ रनको लक्ष्य पछ्याएको मधेली १९.२ ओभरमा १ सय ७ रन जोड्दा अलआउट भयो। मधेलीका लागि बिबेक मेहताले सर्वाधिक २८ रन जोडे। कमल खत्रीले २१ रन थपे। 

मधेलीलाई कम स्कोरमा रोक्न छपकीका लागि अभिषेक मेहता एक्लैले ३  विकेट लिए। जोसक खड्का, श्रवण यादव र दीपक जोशीले समान २ विकेट झारे। सिद्धान्त लोहनीको नाममा एक विकेट रह्यो। 

त्यसअघि सुनसरीको गढी रगंशालामा टस हारेर पहिले ब्याटिङ गरेको छपकी सुपर किङ्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै  १७६ रनको योगफल तयार पारेको थियो। 

छपकीका लागि श्रवण यादवले सर्बाधिक ५९ रनको योगदान दिए। कप्तान सिद्धान्त लोहनीले ३० रन थपे। रितेश रायले २४ रन बनाए। 

मधेलीका लागि च्यालेन्जरका लागि सुमित यादव,कमल खत्री, आमोद यादवले समान २ विकेट लिए।  फ्रिदोष अन्सारी र ज्ञानेन्द्र श्रेष्ठले एक एक विकेट झारे। 

प्लेयर अफ द सिरिज छपकी सुपर किङ्सका श्रवण यादव भए। उनले ५ हजार रुपैयाँ प्राप्त गरे। 

प्रतियोगिताको उत्कृष्ट बलर मधेली च्यालेन्जरका सुमित यादव र वेष्ट ब्याटर छपकी सुपर किंग्सका रितेश रोय घोषित भए। उनीहरुले जनही २५ सय रुपैयाँ प्राप्त गरे। 

प्रतियोगिता डिजिटल गडी निर्माण अभियानको आयोजना तथा सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा चैत्र २५ देखि भएको थियो। छपकी सुपर किङ्गस, छिटाहा टाइगर्स, गढी राईडर्स, भमरी वारियर्स र मधेली च्यालेन्जर्स गरी ५ टोलिले स्पर्धा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .