लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।
क्वार्टरफाइनलमा बेन्फिकालाई समग्रमा ६–४ गोल अन्तरले हराउँदै लिभरपुलले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा लिभरपुल र बेन्फिकाले ३–३ को बराबरी खेलेका हुन्।
यसअघि पहिलो लेगमा लिभरपुलले ३–१ को जित हात पारेको थियो।
यससँगै सेमिफाइनलमा लिभरपुलले भिल्लारियलसँग खेल्नेछ।
57
Shares
प्रतिक्रिया