ad ad

खेल


१६ वर्षको उमेरमै अमेरिकी ओलम्पियन स्केटरले लिइन् सन्यास

१६ वर्षको उमेरमै अमेरिकी ओलम्पियन स्केटरले लिइन् सन्यास

नेपालखबर
चैत २८, २०७८ सोमबार १३:४३, काठमाडौँ

अमेरिकाकी १६ वर्षीया स्केटर एलिसा लिउले १६ वर्षको उमेरमा सन्यास घोषणा गरेकी छिन्।

बेइजिङ विन्टर ओलम्पिकमा सहभागी जनाएकी तथा वर्ल्ड च्याम्पियनसिपमा कास्यपदक हात पारेकी उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सन्यास घोषणा गरेकी हुन्। 

यसअघि नै दुईपटक राष्ट्रिय च्याम्पियन भइसकेकी र महिला स्केटिङमा राम्रो भविष्य रहेको बताइएको लिउले शनिबार इन्स्टाग्राममार्फत भनेकी छिन्, ‘म स्केटिङबाट सन्यास घोषणा गर्न गइरहेको छु।’ 

उनले आफूले ५ वर्षको उमेरदेखि नै बरफमा खेल्न थालेको र अहिले ११ वर्ष बितिसकेको उल्लेख गर्दै अब आफ्नो जीवनमा यसले दिएका तीतामिठा अनुभव तथा यो क्रममा भेटिएका मानिसहरुको स्मृति मात्र बाँकी रहने उल्लेख गरेकी छिन्। 

उनले आफूले जीवनमा कहिले पनि नपाएका सफलता हात पारेको र यसबाट सन्तुष्ट रहेको पनि उल्लेख गरेकी छिन्।

अबको बाँकी जीवन आफ्ना परिवार र साथीहरुसँग बिताउने उनको भनाइ छ। 

लिउले सन् २०१९ मा १३ वर्षको उमेरमा पहिलोपटक राष्ट्रिय उपाधि जितेकी थिइन्।

यो उमेरमा राष्ट्रिय उपाधि जित्दै उनले कीर्तिमान पनि कायम गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .