ad ad

खेल


बागमतीलाई पहिलो स्वर्ण

बागमतीलाई पहिलो स्वर्ण

नेपालखबर
चैत २५, २०७८ शुक्रबार १६:८, काठमाडौँ

प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ६० केजी तौल समूहमा बागमती प्रदेशका सन्तोष श्रेष्ठले स्वर्ण पदक जितेका छन्। बागमती प्रदेशका लागि यो जारी प्रतियोगिताको पहिलो स्वर्ण पदक हो। 

ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगितामा शुक्रबार सन्तोषले फाइनलमा सुदूरपश्चिमका रोशन भाटलाई १०–२ ले हराएका हुन्। लुम्बिनीका सनमराज घर्तीमगर र मधेश प्रदेशका सरोज पासवानले कास्य पदक प्राप्त गरेका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता कुसुवाले शुक्रबार बागमती प्रदेशका रोशन बलामीलाई १२–४ ले हराउँदै स्वर्ण जित। उनले चारै खेलमा विपक्षीलाई नकआउट गरेका थिए।

गंगारामले पहिलो खेलमा प्रदेश १ का नविन राईलाई १३–५, गण्डकीका विशाल थापामगरलाई १४–६ ले र सेमिफाइनलमा एपीएफका मोहम्मद शेख आलमलाई ९–१ ले पराजित गरेका थिए। 

शुक्रबार नै भएको ७८ केजी माथिको तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण पदक जिते। विप्लवले बागमती प्रदेशका आशिष थापालाई ६–२ ले हराउँदै स्वर्ण पदक हात पारे। उनले १३ औं सागमा ८४ केजी माथिकै तौल समूहमा स्वर्ण पदक जितेका थिए। 

आशिषले एपीएफका दिगम्बरप्रसाद पन्तलाई हराउँदै सेमिफाइन्ल पुगेका थिए। १०–९ ले पछि परेको अवस्थामा अन्तिम सेकेन्डमा स्कोर गर्दै आशिष अघि बढेका थिए। अन्त्यमा स्कोर बराबरी हुँदा पहिला स्कोर गरेको आधारमा आशिष अन्तिम चारमा पुगेका थिए । 

१३ औं सागकी स्वर्ण पदक विजेता कुसुम खड्काले प्रतियोगिताको ४५ केजी तौल समूहमा स्वर्ण पदक जित्दै स्वर्ण पदकमा आर्मीको खाता खोलेकी छिन्।

त्रिभुवन आर्मी क्लबकी मिस्टी श्रेष्ठले महिला ५० केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन्। मिस्टीले फाइनलमा लुम्बिनी प्रदेशकी अनिता पुन मगरलाई १२–४ ले हराउँदै च्याम्पियन बनिन्। 

१७ मध्ये अहिले सम्म ११ स्वर्ण पदकको टुंगो लागेको छ। अहिलेसम्म पुलिस क्लबले ५, त्रिभुवन आर्मी क्लब र एपीएफले समान २ तथा प्रदेश १ र बागमती प्रदेशले समान १ स्वर्ण पदक जितेका छन्। 

महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्टमा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। शनिबारसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभागका गरि २ सय १० खेलाडी सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .