च्याम्पियन्स लिगअन्तर्गतको मंगलबार राति भएको क्वार्टरफाइनलको पहिलो लेगमा लिभरपुलले बेन्फिकामाथि ३–१ गोल अन्तरको जित हात पारेको छ।
बेन्फिकाको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले महत्वपूर्ण अग्रता लिएको हो। यससँगै लिभरपुलको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ।
मंगलबारको खेलमा लिभरपुललाई ३–१ को जित दिलाउने क्रममा लिभरपुलको लागि इब्राहिमा कोनाटे, साडियो माने र लुइस डियाजले १–१ गोल गरे।
यी दुई टोलीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको खेल अप्रिल १४ मा हुनेछ। उक्त खेलले सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लगाउनेछ।
42
Shares
प्रतिक्रिया