ad ad

खेल


विश्वकप फुटबल प्रतियोगिता : कुन समूहमा कुन देश (सूचीसहित)

जर्मनी र स्पेन एकै समूहमा, फ्रान्स र ब्राजिललाई सजिलो
विश्वकप फुटबल प्रतियोगिता : कुन समूहमा कुन देश (सूचीसहित)

फाइल फोटो


नेपालखबर
चैत १८, २०७८ शुक्रबार २३:३३, काठमाडौँ

यही वर्ष नोभेम्बरदेखि कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको समूह चरणको ड्र सार्वजनिक भएको छ।

फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर 'ड्र' गरेको हो ।

आगामी नोभेम्बर २१ तारिखमा कतारको दोहामा सुरु हुने विश्वकप फुटबलका लागि सार्वजनिक ड्र अनुसार अर्जेन्टिना र पोल्याण्ड एकै समूहमा परेका छन्। 

अर्जेन्टिना र पोल्याण्ड समूह 'सी' मा परेपछि यो पुस्ताका दुई चर्चित स्ट्राइकर रोबर्ड लेवान्डोस्की र लियोनेल मेस्सीको भेट सुरुमै हुने भएको छ।

सार्वजनिक ड्र अनुसार युरोपका दुई चिरप्रतिद्वन्द्वी स्पेन र जर्मनी एउटै समूहमा परेका छन्। 

डिसेम्बर १८ सम्म हुने विश्वकप अन्तर्गत उपाधि दाबेदार मानिने स्पेन र जर्मनीसँगै एसियाली पावर हाउस जापन पनि समूह 'ई' मा परेको छ। 

त्यस्तै यो समूहका लागि अन्तिम एउटा देशको टुंगो लाग्न बाँकी छ। कोस्टारिका  र न्युजिल्यान्डमध्ये एक प्लेअफबाट यो समूहमा आउनेछन्। 

त्यस्तै दक्षिण अमेरिकाको पावर हाउस ब्राजिल समूहमा 'जी'मा परेको छ। उसले तुलनात्मक रुपमा कमजोर टीम पाएको छ। 

ब्राजिल रहेको समूहमा दुई युरोपेली देश सर्बिया र स्वीटजरल्यान्ड परेका छन् भने अफ्रिकाबाट क्यामरुन पनि परेको छ। 

विश्वविजेता फ्रान्स केही सहज मानिएको समूह 'डी' मा परेको छ। फ्रान्ससँगै यो समूहमा डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली परेका छन्। यसमा युएई, अष्ट्रेलिया र पेरुमध्ये एक आउने छन्।

त्यस्तै समूह 'एच' मा पोर्चुगल र उरुग्वे परेका छन्। पोर्चुगलबाट क्रिस्टियानो रोनाल्डो खेल्छन् भने उरुग्वेबाट लुइस स्वारेज र एडिन्सन काभानी जस्ता चर्चित फुटबलर खेल्छन्। 

कुन समूहमा कुन देश? 

समूह ए: कतार, इक्वाडोर, नेदरल्यान्ड्स र सेनेगल

समूह बी: इङ्ल्यान्ड, इरान, अमेरिका, (स्कटल्यान्ड/वेल्स/युक्रेन)

समूह सी: अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्यान्ड

समूह डी: फ्रान्स, (युएई/अस्ट्रेलिया/पेरु), डेनमार्क, ट्युनिसिया

समूह ई: स्पेन, (कोस्टारिका/न्यूजिल्यान्ड), जर्मनी, जापान

समूह एफ: बेल्जियम, क्यानाडा, मोरक्को, क्रोएसिया

समूह जी: ब्राजिल, सर्बिया, स्विटजरल्यान्ड, क्यामरुन

समूह एच: पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .