खेल


भारतविरुद्ध त्यो इनिङ दोहोर्‍याउला त अफगानिस्तान?

भारतविरुद्ध त्यो इनिङ दोहोर्‍याउला त अफगानिस्तान?

एजेन्सी
असार ७, २०७६ शनिबार १३:५४,

आईसीसी क्रिकेट विश्वकपमा मा शनिबार जारी खेलमा अफगानिस्तानले भारतलाई प्रतियोगिताकै सबैभन्दा कम स्कोर २२४-८ मा रोकिदिएको छ। 

जारी विश्वकपमा अपराजित रहेको भारतले सबैभन्दा कम स्कोर बनाएपछि के अफगानिस्तानले भारतलाई पराजित गर्न सक्छ? भन्ने प्रश्न उठेको छ। 

खेलमा विराट कोहलीको सहित २ विकेट लिएका मोहम्मद नाबीले स्टार स्पोर्टससँग उक्त प्रश्नको जवाफ दिदैँ भने, 'हामीले बलिङ राम्रो गरौं।हामीसामु जित्ने मौका छ। हामी जित्ने पूरै कोशिस गर्नेछौं।'

अफगानिस्तानले गतवर्ष भएको एसिया कपमा भारतलाई जित्न दिएको थिएन्। यद्दपी उक्त खेलमा भारत पराजित पनि भएको थिएन्। खेल बराबरीमा सकिएको थियो।  

अफगानिस्तानले एसिया कपमा २५२ रन बनाएको थियो। २५३ रनको लक्ष्य पछ्याएको भारतीय टोली २५२ रनमा नै अलआउट भएपछि खेल बराबरीमा सकिएको थियो। 

जारी विश्वकपमा अपराजित रहेको भारतले अफगानिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको छ।भारतका लागि विराट कोहली (६७) र केदार जाधव (५२) ले अर्धशतक बनाए। बाँकी खेलाडीले ३० रनको आँकडा पनि छुन सकेनन्।

अफगानिस्तानका मोहम्मद नाबी और कप्तान गुलबदीन नईबले २-२ विकेट लिए।

यो पनि: भारतको अफगानिस्तानलाई मध्यम लक्ष्य, चार खेलाडीको १ रन

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad