ad ad

खेल


एमबाप्पे सबैभन्दा महँगो खेलाडी बन्दै मड्रिड जाने

एमबाप्पे सबैभन्दा महँगो खेलाडी बन्दै मड्रिड जाने

नेपालखबर
मंसिर ४, २०७६ बुधबार १२:६,

द सनका अनुसार एमबाप्पेका आमा र उनका एजेन्टले एमबाप्पेले पीएसजीसँग अब कुनै सम्झौता नगर्ने बताएका छन्।

रियल मड्रिडले एमबाप्पेलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको समयमा उनका आमा र एजेन्टले एमबाप्पेले पीएसजीसँग नयाँ सम्झौता नगर्ने बताएपछि एमबाप्पे मड्रिड जाने सम्भावना बढेको हो।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार २० वर्षका एमबाप्पेलाई रियल मड्रिडले किर्तिमानी ३४२ मिलियन पाउन्डमा अनुबन्ध गर्ने योजना बनाएको छ।

यदि यो योजना पुरा भए एमबाप्पे विश्वकै सबैभन्दा महँगा खेलाडी बन्नेछन्। सन् २०१७ मा नेमार बार्सा छाड्नै पीएसजी महँगा खेलाडीको रुपमा पुगेका थिए।

पीएसजीले नेमारलाई २ सय २२ मिलियन युरोमा अनुबन्ध गरेको थियो। एमबाप्पेले पीएसजीमा सन् २०२२ सम्म रहने गरी सम्झौता गरेका छन्।

उक्त सम्झौतामा रिलिज क्लज भने राखिएको छैन। आपसी समझदारीमा हालसम्म एमबाप्पे पीएसजीमा रहिरहेका छन्।

द सनका अनुसार एमबाप्पेले चाहे समर ट्रान्सफरमा उनले क्लब परिवर्तन गर्नसक्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .