ad ad

कारोबार


नारिता उडानको लागि नेपाल एयरलाइन्स पूर्ण तयार

नारिता उडानको लागि नेपाल एयरलाइन्स पूर्ण तयार

नेपालखबर
मंसिर ४, २०७६ बुधबार १२:११,

नेपाल एयरलाइन्सले जापानको नारिता विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङसम्बन्धी एजेन्सीसँग सम्झौता गरेको छ।

एयरलाइन्सले मंगलबार ग्राउण्ड ह्याण्डलिङसम्बन्धी सम्झौता गरेसँगै नारिता उडानको लागि आवश्यक तयारी पूरा गरेको हो।

नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता सुलेख मिश्रले मंगलबारको सम्झौतासँगै नारिता उडानपूर्व आवश्यक तयारीको सम्पन्न भएको बताएका छन्।

नेपाल एयरलाइन्सले गत अगष्टबाट जापानको ओसाकामा उडान गरिरहेको छ। तर ओसाका विमानस्थल जापानको राजधानी टोकियोबाट टाढा हुँदा यात्रुको चाप कम छ।

नारिता जापानको राजधानी टोकियोबाट नजिकको विमानस्थल हो। निगमले यस विमानस्थलमा उडान सुरु गरेपछि नेपाली यात्रु तथा जापानका पर्यटकको नेपाल आगमन पनि बढ्ने विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .