खेल


पीएनजीले नेपाललाई दियो चुनौतीपूर्ण लक्ष्य

पीएनजीले नेपाललाई दियो चुनौतीपूर्ण लक्ष्य

तस्बिर: विक्रम राई


नेपालखबर
चैत ११, २०७८ शुक्रबार १३:८, काठमाडौँ

पपुवा न्यूगिनी(पीएनजी)ले नेपाललाई २९३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। 

त्रिवि क्रिकेट मैदानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनाएको हो। 

पीएनजीका कार्लोस अमिनीले सर्वाधिक ७७ रन जोडे। १०३ बलमा उनले ६ चौका र एक छक्का प्रहार गरे। 

यस्तै पीएनजीका कप्तान असाद भालाले  ६० रनको अर्धशतकीय पारी खेले। उनले ५५ बलमा ११ चौका हिर्काए। 

अन्त्यतिर आक्रामक ब्याटिङ गरेका नोर्मान भानिउले २८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४७ रन जोडे। ओपनर टोनी उराउले ३८, रिले हिकुरेले ३१ रन थपे।  

नेपालका सोमपाल कामी, कमलसिंह र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए। सोमपालले ९ ओभरमा ८१ रन खर्चिए। उत्कृष्ट बलिङ गरेका दीपेन्द्रले १० ओभरमा ३० रनमात्रै खर्चे। उनले एक ओभर मेडन राखेका थिए। 

त्यसबाहेक सन्दीप लामिछाने र पवन सर्राफले समान १–१ विकेट लिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad