ad ad

खेल


इक्वेडर र उरुग्वे कतार विश्वकपका लागि छनोट

इक्वेडर र उरुग्वे कतार विश्वकपका लागि छनोट

नेपालखबर
चैत ११, २०७८ शुक्रबार ८:१५, काठमाडौँ

दक्षिण अमेरिकाबाट इक्वेडर र उरुग्वे कतार विश्वकप २०२२ का लागि छनोट भएका छन्। शुक्रबार बिहान भएको खेलमा उरुग्वेले पेरुलाई १–० गोल अन्तरले पराजित गरेको हो।

यससँगै उसले विश्वकपको लागि आफ्नो स्थान सुरक्षित पारेको छ। उरुग्वेको जितसँगै पाराग्वेसँग ३–१ गोल अन्तरले पराजित भएको इक्वेडर पनि विश्वकपमा छनोट भएको छ। 

दक्षिण अमेरिकाबाट यसअघि नै ब्राजिल र अर्जेन्टिना विश्वकपका लागि छनोट भइसकेका थिए।

छनोटको शीर्षस्थानमा रहेको ब्राजिलले १६ खेलबाट ४२, अर्जेन्टिनाले १५ खेलबाट ३५, इक्वेडरले १७ खेलबाट २५ र उरुग्वेले समान खेलबाट २५ अंक जोडेका छन्।

अन्तिम १ खेल बाँकी रहँदा पाँचौं स्थानमा रहँदै अन्तरमहादेशीय प्ले अफबाट विश्वकपमा छनोट हुने अवसर पेरु, कोलम्बिया र चिलीलाई छ।

उनीहरुले क्रमशः २१, २० र १९ अंक हात पारेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .