कतार विश्वकप २०२२ मा छनोटको लागि स्वीडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुने भएको छ।
बिहीबार भएको विश्वकप छनोटअन्तर्गतको प्ले अफ सेमिफाइनलमा चेक गणतन्त्रलाई हराउँदै स्वीडेनले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
बिहीबारको खेलमा स्वीडेनले चेक गणतन्त्रलाई १–० ले हराएको हो।
पोल्याण्ड भने सेमिफाइनल नै नखेली फाइनलमा पुगेको हो।
रुसमाथि फिफाले प्रतिबन्ध लगाएसँगै पोल्याण्ड फाइनलमा पुगेको हो।
33
Shares

प्रतिक्रिया