कतार विश्वकप २०२२ छनोट अन्तर्गत युरोपेली छनोटको प्ले अफ सेमिफाइनलमा पोर्चुगलले टर्कीमाथि ३–१ गोल अन्तरको जित हात पारेको छ।
यससँगै पोर्चुगलले आफ्नो विश्वकप छनोटको सम्भावनालाई कायम राखेको छ।
बिहीबार भएको खेलमा टर्कीलाई हराउने क्रममा पोर्चुगलका ओटाभिओले खेलको १५ औं मिनेटमा गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए।
त्यस्तै खेलको ४२ औं मिनेटमा डिओगो जोटाले अर्को गोल थप्दै अग्रता दोब्बर पारेका थिए।
खेलको इन्ज्युरी समयमा माथ्यनुसले गोल गरेका थिए। खेलको ६५ औं मिनेटमा टर्कीले गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेको थियो।
तर, त्यो पर्याप्त हुन सकेन। खेलको ८५ औं मिनेटमा पाएको पेनाल्टीमा पनि टर्कीले गोल गर्न सकेन।
यससँगै पोर्चुगलले विश्वकपमा छनोट हुन प्ले अफको फाइनलमा नर्थ म्यासिडोनियाको सामना गर्नेछ।
Shares
प्रतिक्रिया