रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको विरोधमा चेल्सीका मालिकमाथि लगाइएको प्रतिबन्धको कारण समस्यामा रहेको चेल्सीले केही राहत पाउने भएको छ।
यसअघि रोमन अब्रामोभिचमाथिको प्रतिबन्धको कारण क्लबको सम्पूर्ण कारोबारमा रोक लगाइएको भए पनि बेलायत सरकारले चेल्सीलाई नयाँ लाइसेन्स दिने निर्णय गरेको हो।
यससँगै चेल्सीले अब आफ्नो मैदानमा हुने खेलको लागि टिकट बिक्री गर्न पाउने भएको छ।
यद्यपि टिकट बिक्रीको प्रक्रिया प्रिमियर लिग आयोजकको तर्फबाट हुनेछ। साथै टिकट बिक्री पनि सम्बन्धित पक्षबाट हुनेछ।
अहिले सरकारले दिएको विशेष अनुमतिसँगै चेल्सीले च्याम्पियन्स लिगको रियल मड्रिडसँगको खेलमा घरेलु मैदानको खेलको लागि टिकट बिक्री गर्न पाउनेछ।
24
Shares
प्रतिक्रिया