ad ad

खेल


एनएसजेएफ स्पेसल अवार्ड डा. अजय राणालाई

एनएसजेएफ स्पेसल अवार्ड डा. अजय राणालाई

अजय राणाका छोरा बुबाको सम्मान अवार्ड ग्रहण गर्दै। तस्बिर : विक्रम राई


नेपालखबर
चैत ८, २०७८ मंगलबार १६:२८, काठमाडौँ

डा. अजय राणा एनएसजेएफ पल्सर स्पोर्ट्समा स्पेसल अवार्डबाट सम्मानित भएका छन्। 

स्पोर्ट्स अवार्डको १८औँ संस्करणमा डा. राणा स्पेशल अवार्ड अन सिन हिरोबाट सम्मानित भएका हुन्। 

राणा अहिले विदेशमा भएकाले उनका छोराले अवार्ड ग्रहण गरेका थिए। 

राणा आफ्नो समयका हक्की र फुटबलका अब्बल खेलाडी थिए। संकटा र ब्वाइज युनियनबाट फुटबल खेलेका उनी सन् १९७२ मा हक्कीको राष्ट्रिय टोलीका लागि छनोट भए। 

त्यही समयमा डाक्टरी पढ्ने सूचीमा उनको नाम निस्किएपछि उनले पढाइलाई रोजेर भारत गए। यद्यपी उनी पछि खेलकुद नै उनको कर्मथलो बन्यो। 

सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना हुँदा सबै खेलाडीको स्वास्थ्य ब्यवस्थाको जिम्मेवारी राणाले नै पूरा गरेका थिए। 

राणाले फिफाको मेडिकल इन्ट्रक्टर, एएफसीको प्यानल अफ मेडिकल एक्सपर्ट, विश्व ब्याडमिन्टनको अन कोर्ट डाक्टर, अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघको मेडिकल एन्ड एन्टि डोपिङ कमिटीका चियरम्यान, बक्सिङ महासंघका अन कोर्ट डाक्टरको जिम्मेवारी वहन गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .