ad ad

खेल


टमाटालाई पल्सर स्पोर्ट्स अवार्डमा दशक उत्कृष्ट प्रशिक्षकको सम्मान

टमाटालाई पल्सर स्पोर्ट्स अवार्डमा दशक उत्कृष्ट प्रशिक्षकको सम्मान

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा उत्कृष्ट प्रशिक्षकबाट सम्मानित हुँदै। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
चैत ८, २०७८ मंगलबार १६:२२, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा दशक उत्कृष्ट प्रशिक्षकबाट सम्मानित भएका छन्। 

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार वितरण गरेको स्पोर्टस् अवार्डमा प्रशिक्षक टमाटा दशकको उत्कृष्ट प्रशिक्षक घोषणा भएका हुन्। 

टमाटाले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

यस्तै २०७५ मा भएको यूएईविरुद्धको दुबै सिरिज जिताउन महत्वपूर्ण योगदान दिएका थिए। नेपालले यूएईविरुद्ध एकदिवसीय सिरिजमा २–१ ले र टी–२० क्रिकेट सिरिजमा पनि २–१ ले नै सिरिज जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .