अर्जेन्टिनाका पूर्वअन्तर्राष्ट्रिय रग्बी खेलाडी फेडेरिको मार्टिन अराम्बुरुको हत्या भएको छ।
अराम्बुरुको शनिबार बिहान फ्रान्समा गोली हानी हत्या गरिएको हो।
अर्जेन्टिनका लागि २२ खेल खेलेका ४२ वर्षीय अराम्बुरु फ्रान्समा २००७ मा भएको विश्वकपमा अर्जेन्टिनालाई तेस्रो स्थानमा दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
बारमा केही मानिसहरूसँग झगडा भएपछि उनीमाथि गोली प्रहार भएको हो।
अराम्बुरुको हत्याको पेरिस अभियोजकको कार्यालयले अनुसन्धान सुरु गरेको छ। उनको हत्यामा तीनजनाको संलग्नता भएको दाबी प्रहरीले गरेको छ। एजेन्सी
27
Shares
प्रतिक्रिया