ad ad

खेल


आज यूएईसँग खेल्दै नेपाल

आज यूएईसँग खेल्दै नेपाल

नेपालखबर
चैत ४, २०७८ शुक्रबार ७:९, काठमाडौँ

आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत आज नेपाल र यूएईबीचको खेल हुँदै छ।

नेपाली समयअनुसार सवा ११ बजे यूएईको दुबईस्थित रंगशालामा यो खेल हुन लागेको हो। 

यूएई लिग तालिकाको दोस्रो स्थानमा छ। उसले १५ खेलबाट १८ अंक जोडेको छ।

७ टोली सम्मिलित तालिकामा नेपाल भने छैटौं स्थानमा छ। नेपालले ९ खेलबाट १० अंक हात पारेको छ।

यो सिरिजको बाँकी सबै खेल जित्ने हो भने नेपाल लिगको तेस्रो स्थानमा आउन पुग्नेछ।

जारी सिरिजमा यूएई र नेपाल दुवैले पीएनजीमाथि जित हात पारेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .