बार्सिलोना युरोपा लिगको क्वार्टरफाइनलमा पुगेको छ।
अन्तिम १६ को खेलमा गलाटासरायलाई २–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले क्वार्टरफाइनमा स्थान पक्का गरेको हो।
बिहीबार भएको अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनालाई जित दिलाउने क्रममा गोन्जालेज लोपेज र पिएरे एमरिक औबामेयाङले १/१ गोल गरे।
बिहीबार भएको खेलको २८ औं मिनेटमा नै गोल खाँदै पछि परेको अवस्थामा खेलको ३७ औं मिनेटमा लोपेजले बराबरी गोल फर्काएका थिए। खेलको ४९ औं मिनेटमा औबामेयाङले गरेको गोल नै निर्णायक बन्यो।
यसअघि पहिलो लेगमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए।
42
Shares
प्रतिक्रिया