अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव आगामी जेठ १५ गते हुने भएको छ।
एन्फाको कार्यकारी समितिको १८औँ बैठकले बिहीबार आगामी जेठ १५ मै चुनाव सम्पन्न गर्ने निर्णय गरेको हो।
त्यस्तै बैठकले यही चैत १५ गते काठमाडौंमा एन्फाको साधारणसभा गर्ने र चुनावी निर्देशिका समेत संशोधन गर्ने निर्णय गरेको एन्फाले जनाएको छ।
यता जिल्लागत फुटबल संघको चुनाव भने १४ अप्रिलदेखि २३ अप्रिलसम्म गर्ने निर्णय गरेको छ।
त्यस्तै नेपाल सुपर लिगलाई लिएर जारी विवाद टुंगो लगाउन एन्फा अध्यक्षले सहजीकरण गर्ने गरी ७ सदस्यीय टास्क फोर्स गठन गरिने पनि बैठकले निर्णय गरेको छ।
एन्फाले चार ए डिभिजन क्लबसँग समेत शुक्रबार बैठक गर्ने भएको छ। यो बैठक पनि यही विवादबारे छलफल गर्नका लागि रहेको एन्फाले जनाएको छ।
33
Shares
प्रतिक्रिया