ad ad

खेल


प्रिमियर लिगः लिभरपुलसँग हार्‍यो आर्सनल

प्रिमियर लिगः लिभरपुलसँग हार्‍यो आर्सनल

नेपालखबर
चैत ३, २०७८ बिहिबार ७:०, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले आर्सनलले २–० गोल अन्तरको जित हात पारेको हो।

निकै महत्वपूर्ण मानिएको खेलमा आर्सनललाई हराउँदै लिभरपुलले महत्वपूर्ण ३ अंक जोडेको हो। 

बुधबारको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा खेलको ५४ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई जित दिलाएका थिए।

त्यस्तै खेलको ६२ औं मिनेटमा रोबर्टो फर्मिन्होले अर्को गोल थपे। खेलमा थप गोल हुन सकेन र लिभरपुलले महत्वपूर्ण ३ अंक हात पार्‍यो। 

यससँगै लिभरपुलले शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंकदुरी पनि १ अंकमा झारेको छ।

लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले २९ खेलबाट ७० अंक जोडेको छ भने समान खेलबाट लिभरपुलले ६९ अंक जोडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .