ad ad

खेल


पल्सर स्पोर्ट्स अवार्डलाई नबिल इन्भेष्टमेन्ट बैंकिङको साथ, सहप्रायोजन गर्ने

पल्सर स्पोर्ट्स अवार्डलाई नबिल इन्भेष्टमेन्ट बैंकिङको साथ, सहप्रायोजन गर्ने

नेपालखबर
चैत २, २०७८ बुधबार १७:१५, काठमाडौँ

नबिल इन्भेस्टमेन्ट बैंकिङ एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड–२०७७ को सहप्रायोजक बनेको छ।  

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको स्पोर्ट्स अवार्डको दशकका लागि नबिल इन्भेष्टमेन्टसँग सम्झौता भएको हो। 

सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नबिल इन्भेस्टमेन्टका प्रमुख मनोहर कँडेलले हस्ताक्षर गरे। 

१८औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्ड आउँदो चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुँदै छ। सहप्रायोजक बनेसँगै कम्पनीले अवार्डलाई लगानी व्यवस्थापक पार्टनरको रुपमा आर्थिक सहयोग गर्नेछ। 

सम्झौता कार्यक्रममा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कँडेलले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था जोडिन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले चर्चित संस्था नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई अवार्डको सहयोगीको रुपमा पाउनु खुसीको क्षण भएको बताए। 

स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ। 

मनोनयनमा सन्तोषी श्रेष्ठ (एथलेटिक्स), एन्जिला तुम्बापो सुब्बा (फुटबल), एलिना महर्जन (टेबलटेनिस), कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .