साफ यू-१८ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग फराकिलो अन्तरले पराजित भएको छ।
जमसेदपुमा मंगलबार राति भएको खेलमा नेपाल घरेलु टोलीसँग ७–० को फराकिलो अन्तरले पराजित भएको हो।
पहिलो हाफमा ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ४ गोल खायो।
डबल राउण्ड रोविनको आधारमा भएको च्याम्पियनसिपको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।
प्रतियोगितामा नेपाल, भारत र बंगलादेश सहभागी छन्। नेपालले अर्को खेल बिहीबार बंगलादेशसँग खेल्नेछ।
36
Shares
प्रतिक्रिया