नेपालका पाँच युवा खेलाडीले भारतमा विशेष प्रशिक्षण गर्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले युवा ब्याटर देव खनाल, बायाँ हाते स्पिन अलराउन्डर कुशल मल्ल, आक्रामक ब्याटर आदिल अन्सारी, लोकेश बम र तीब्र गतिका बलर गुलशन झालाई विशेष प्रशिक्षणका लागि भारतमा पठाउने भएको हो।
यी खेलाडीले भारतको बेंगलोरमा रहेको जस्ट क्रिकेट एकेडेमीमा विशेष प्रशिक्षण गर्नेछन्। क्यानले खेलाडी विकास कार्यक्रम अन्तर्गत यी खेलाडीलाई पठाउन लागेको हो।
नेपाली क्रिकेट टोली आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएई र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक ओडीआई सिरिजको तयारीको लागि श्रीलंकामा छ। नेपाल सोमबार युएई पुग्नेछ।
63
Shares
प्रतिक्रिया