ad ad

खेल


न्यू एरा र विद्या संस्कार अन्तिम १६ मा

न्यू एरा र विद्या संस्कार अन्तिम १६ मा

नेपालखबर
फागुन २६, २०७८ बिहिबार २१:३०, काठमाडौँ

आयोजक न्यू एरा एकेडेमी ‘बी’ र विद्या संस्कार स्कुल न्यू एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन्। 

न्यू एरा समूह ‘एच’ को तथा विद्या संस्कार समूह ‘जी’ को विजेता बन्दै प्रि क्वार्टरफाइनलमा पुगेका हुन्। 

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा बिहीबार भएको खेलमा आयोजक न्यू एराले स्कलर्स होम एकेडेमीलाई २–१ ले तथा किड्स लर्निङ स्कुललाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।

समूह एचबाट किड्स लर्निङ समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। किड्सले स्कलर्समाथि ३–२ को जित निकालेको हो। 

समूह ‘एच’ को विजेता बनेको विद्या संस्कारले सिर्जना ज्ञान सागर ‘बी’ लाई ३–१ ले तथा ल्यान्डमार्क एकेडेमीलाई ७–० को फराकिलो अन्तरले पाखा लगायो। ल्यान्डमार्कलाई ३–० ले हराएको सिर्जना समूह उपविजेता बन्न सफल भएको छ। 

समूह ‘बी’ बाट सिर्जना ज्ञान सागर ‘ए’ समूह विजेता तथा रोज मेरी आइडल समूह उपविजेता बने। सिर्जनाले रोज मेरीलाई २–० ले तथा एन्जल्स हार्टलाई ५–० ले हराएको छ। रोजमेरीले एन्जल्सलाई ४–१ हराउँदै समूह उपविजेता बन्न सफल भयो। समूह ‘ई’ बाट हिम रश्मी हाई स्कुल क्वार्टरफाइनल पुग्यो। 

योसँगै प्रतियोगिताको नकआउट समीकरण पूरा भएको छ। शुक्रबार नकआउटदेखि फाइनल र तेस्रो स्थानको खेल हुनेछ। तारकेश्वर नगरपालिका ८ हिलेडोलमा रहेको न्यू इरा एकेडेमीको आयोजनामा भैरहेको प्रतियोगितामा २५ स्कुलको सहभागिता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .