उनलाई परिवर्तन गर्दै प्रशिक्षक माउरिजियो सारीले अर्का स्टार पाउलो ड्याबेलालाई मौका दिए। सिरि एको खेलमा ड्याबेलाकै गोलबाट युभेन्ट्सले जित निकाल्यो।
आफूलाई खेलमा परिवर्तन गरेको विषयमा यतिबेला रोनाल्डोले प्रतिक्रिया जनाएका छन्। रोनाल्डो भन्छन्,‘मलाई खेलमा सब्स्टिच्युट गरेको मन पर्दैन।’
यद्यपी उनले ती खेलहरुमा आफू पूर्ण रुपमा तयार नभएको स्वीकार गर्दछन्। प्रशिक्षक सारीले रोनाल्डोको घुँडामा चोट रहेका कारण उनलाई प्रतिस्थापन गरेको बताएका थिए।
यद्यपी मैदानमा रोनाल्डोको असन्तुष्टि प्रस्ट देखिन्थे। रोनाल्डो भन्छन्,‘म घाइते थिए तर पनि मैले मेरो टिमलाई योगदान दिने प्रयास गरे।’
आगामी दिनमा पनि आफूले देश र क्लब दुवैको लागि सक्दो उपाधि दिलाउन मदत गर्ने उनको भनाइ रहेको छ। मार्का
प्रतिक्रिया