ad ad

खेल


पीएसजीलाई हराउँदै रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

पीएसजीलाई हराउँदै रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

नेपालखबर
फागुन २६, २०७८ बिहिबार ६:२०, काठमाडौँ

पीएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

अन्तिम १६ मा रियल मिड्रिडसँग पराजित हुँदै पीएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको हो। समग्रमा पीएसजी रिलयसँग ३–२ गोल अन्तरले पराजित भएको हो। 

बुधबार राति भएको दोस्रो लेगको खेलमा रियलले पीएसजीमाथि ३–१ को जित हात पारेको हो।

खेलको ३९ औं मिनेटमा पीएसजीका लागि कायलिन एमबाप्पेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। यद्यपि उसले यो अग्रता दोस्रो हाफमा भने कायम राख्न सकेन। 

रियललाई जित दिलाउने क्रममा करिम बेन्जेमाले ह्याट्रिक पूरा गरे। उनले खेलको ६१, ७६ र ७८ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका हुन्। 

यसअघि पहिलो लेगको खेलमा पीएसजीले रियलमाथि १–० को जित हात पारेको थियो। यससँगै समग्रमा पीएसजी ३–२ गोलले पराजित भएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .