लिभरपुल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
इन्टर मिलानलाई समग्रमा २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
बुधबारको दोस्रो लेगमा भने लिभरपुल १–० ले पराजित भयो।
यसअघि पहिलो लेगमा २–० गोल अन्तरको जित हात पारेकाले बुधबारको हारका बाबजुद पनि लिभरपुल क्वार्टर फाइनलमा प्रवेश गरेको हो।
बुधबार भएको खेलमा इन्टर मिलानका लाउटारो मार्टिनेजले गोल गरे।
लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले बुधबारको खेल सन्तुष्ट नरहे पनि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्नु आफूहरुको मुख्य लक्ष्य रहेको बताए।
36
Shares
प्रतिक्रिया